फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डाैमा जारी यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणमा मंगलबार माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । मंगलबारकाे नतिजाले नेपालको पनि भाग्यको फैसला गर्ने भएकाले नेपाली समर्थकहरुको ध्यान दिउँसो ३ बजे हुने खेलमा अडिएको छ ।
पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गरेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० ले स्तव्ध भए पछि सेमिफाइनल पुग्नका लागि माल्दिभ्स र भुटानबीचको नतिजा कुर्नु पर्ने भएको हो ।
यदि माल्दिभ्स र भुटान बराबरीमा रोकिएमा पनि लगातार २ संस्करणको च्याम्पियन नेपाल समूह चरणबाटै आउट हुने छ । नेपाल सेमिफाइनल पुग्ने सम्भावना भने झिनो जस्तै रहेको छ ।
भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा ४–० को जित निकालेमा मात्रै नेपाल उप–विजेताको रुपमा सेमिफाइनल खेल्न पाउने छ । अन्यथा उपाधिमाथि ह्याट्रक गर्ने अभियानबाट नेपाल चुक्ने छ । प्रतियोगिता अन्तर्गत भुटान सेमिफाइनल पुगिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।