फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह इको खेलमा लिभरपुल विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले बेल्जियमको जेंकलाई ४–१ हरायो । जेंकको जितमा एलेक्स ओक्सलाड च्याम्बिरलिनले दुई गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै फाबिन्होको पासमा च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा फिरमिनोको पासमा फेरि च्याम्बरलिनले गोल गरे । ७७ औं मिनेटमा साडियो माने र ८७औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए ।
८८औं मिनेटमा जेंकका लागि स्टेफेन ओडेले गोल गर्दै लिभरपुलको अग्रता कम गरे । बाँकी समयमा थप गोल हुन नसक्दा यो गोल जेंकका लागि सान्त्वनामात्र बन्न पुग्यो ।
समूहमा लिभरपुल पहिलो खेलमा नापोलीसँग पराजित भएको थियो । पछिल्ला दुई खेलमा जित हात पार्दै उसले ६ अंक बनाएको छ ।
नापोली समूहको शीर्ष स्थानमा छ । उसले साल्जबर्गलाई ३–२ गोलले हराउँदा ड्राइज मार्टिन्सले उत्कृष्ट प्रदर्शन गरे । मार्टिन्सले दुई गोल र एक एसिस्ट गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।