अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।
गएकाे सोमबार साँझ महेन्द्रनगर बजारको भानु चोकनजिकै रहेको पुष्पाञ्जली गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको ज्यान गएको थियो ।अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
मृतक चाैधरीकाे शव परीक्षणको प्रतिवेदन अझै नआएको भन्दै उहाँले थप्नुभयो, शव परीक्षणको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।
चौधरीेको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उहाँले बताउनुभयो । सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएकाे र त्यसको दुई घण्टापछि मृत्युको खबर आएकाे चौधरीका परिवारजनले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।