बिरामीको परीक्षणसम्बन्धी जानकारी एकीकृत गर्ने स्वास्थ्य मन्त्रालयक...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्वीकार्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्यममा भारतीय नक्सामा नेपालको कालापानीलगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको हो ।
बुधबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले तर त्यसका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसको निष्कर्ष नआइ भारतीय नक्सामा नेपाली भूभाग समेटिएको भन्न नमिल्ने बताउनुभयाे।
‘हाम्रो भूभाग उहाँहरुले नक्सामा पार्नुभएको हो भने त्यो बेठिक हो,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो,‘त्यो हामीलाई स्वीकार्य हुँदैन ।’ उहाँले त्यसबारेमा अध्ययन नगरी भारतले हस्तक्षेप गरिहाल्यो भनेर निष्कर्ष निकाल्न भने सरकारले नमिल्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले त्यसमा सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।