अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
नुवाकोट - नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
लागुऔषध (चरेस) मुद्धामा फरार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।
काठमाण्डौ जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो ।
तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।
अर्का व्यक्ति होमबहादुर तामाङसमेत संलग्न रहेको लागुऔषध (चरेस) मुद्दामा यसअघि तामाङ ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।