यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
बर्दिया – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिहन समस्या सधैँका लागि अन्य गर्नका लागि प्रदेश सरकारले योजना बनाइसकेको बताउनुभएको छ ।
दास प्रथाको अवस्थामा रहेका कमैयाहरुलाई सरकारले कमैँया मुक्त घोषणा गरेको १८ वर्ष पुगेको दिनका अवसरमा मुक्त कमैयाहरुले बर्दियाको सदरमुकाम गुलरियामा बुधबार आयोजना गरेको १९ औँ मुक्त कमैया दिवस समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेललभूमिहिन समस्याको अन्य बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ लाई यस आर्थिक वर्षमा कानुन तर्जुमा र आवधिक योजना बनाउने कार्यलाई पूर्णता दिने समेत बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ मा १० वटा शीत भण्डार निर्माण गर्ने र प्रत्येक शीत भण्डार निर्माणका लागि ५०÷५० करोड बजेट छुट्याएको बताउनुभयो ।
यस्तै ठाकुरबाबा नगरपालिकामा पर्ने बर्दिया निकुञ्ज नजिकको ठाकुरद्धारालाई पर्यटकीय क्षेत्र बनाउनका लागि २ करोड बजेट छुट्याएको छ । यस्तै कृषि सहकारी मन्त्री आरती पौडेलले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि योजना बनाएर हल गर्ने बताउनु भयो ।
२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ती घोषणा गरेपछि साउन २ गतेलाई प्रदेश नम्बर ५ र ७ मा पर्ने दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैयाहरुले हरेक वर्ष दिवसको रुपमा मनाउने गर्छन । मुक्त कमैयाहरुलाई सरकारले पुनःस्थापना गर्ने भने पनि अहिलेसम्म बर्दिया र कैलालीका मुक्त कमैयाहरु पुनःस्थापना हुन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।