बिरामीको परीक्षणसम्बन्धी जानकारी एकीकृत गर्ने स्वास्थ्य मन्त्रालयक...
माघ १८, २०८१ शुक्रबार
रोल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थबाङ गाउँपालिकाको वडा नम्बर १ मा उपचुनाव भैरहेको छ । दिउँसो २ बजेसम्म थबाङ–१ मा २ सय मत खसेको छ । वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् ।
थबाङमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका प्रतिस्पर्धामा छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका विप्लवका नेता भद्रबहादुर झाँक्रीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो । वडाध्यक्षमा उम्मेदवारी दिन उहाँले वडासदस्य पदबाट समेत राजीनामा दिनुभएको थियो ।
यसअघि थबाङमा विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल स्वतन्त्रबाट निर्वाचित भएको थियो । वडाध्यक्ष बुढाको गएको असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ १ मा वडाध्यक्ष पदमा उपचुनाव भएको हो ।
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले बुढाले स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । सरकारले विप्लव नेतृत्वको नेकपालाई गएको फागुनदेखि प्रतिबन्ध लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।