डाक्टर केसीको जीवनरक्षाका लागि प्रदर्शनमा उत्रन नेपाली कांग्रेसको आह्वान

 साउन ३, २०७५ बिहीबार १५:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उहाँको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन आह्वान गर्नु भएको हो । 

उहाँले बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिनु भयो । सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उहाँको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप समेत लगाउनुभयो ।

सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना पनि गर्नु भएको छ ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया