यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाडौं – डाक्टर गोविन्द केसीका मागप्रति गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भएको भन्दै विवेकशील साझा पार्टीले सरकारको आलोचना गरेको छ ।
पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यद्वारा सार्वजनिक एक विज्ञप्तिमा सरकारले दम्भ देखाएको आरोप छ । साथै आफूलाई समाजवादी सरकार भने पनि वर्तमान सरकारका क्रियाकलापले अपराधको रेखा छुन आँटेको विवेकशीलले आरोप लगाएको छ ।
अहिलेको अवस्था सिर्जित हुनुमा सत्तारुढ दल मात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि उत्तिकै जिम्मेवार भएको विवेकशील साझाले आरोप लगाएको छ ।
विवेकशील साझाले भनेको छ, ‘वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन्, त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाल कांग्रेस पनि छ । उदारीकरणका नाममा कसिलो नियमन बिना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमूख भूमिका थियो ।’
सबैभन्दा बढी अनसन कांग्रेसकै पालामा भएको भन्दै विवेकशील साझा भन्छ, ‘अहिले नेपाली कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन । डाक्टर केसीका १५ मध्ये ७ वटा अनसन नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली कांग्रेसकै शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’
‘
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pushpa
July 19, 2018, 7 p.m.किन र कसरी नी ? डाक्टर गोविन्द केसीको अन्सन स्वविवेकीी हो कि पराधिन अन्सन हो भनेर बुझ्नु पर्दैन र पहिला ? अनि के डाक्टर केसी देशको प्रचलित कानून भन्दा ठूलो मान्छे हो त ?
deb charan mehta
July 19, 2018, 6:46 p.m.हो नि , यो नेपालका राजनीतिकर्मी आफूलाई चोखो ठान्छन , तर सबै उस्तै हुन् /
सुमन सुनुवार
July 19, 2018, 6:35 p.m.काङ्ग्रेस ले एहि गल्ती र अरु धेरै गल्ती गरेर सरकार मा हुदा को पावर देखाएको हुनाले चुनाब मा नराम्रो सग पराजित हुन पर्यो।फेरि तेहि बाटो अहिलेको सरकार एमाले ले दोहोराएर गए समयमा नै नसच्याए अब को पाच बर्ष पछि तेहि हालत हुने छ ।