टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
कास्की - दोश्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ ।
क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको पीपीएलको ट्रफी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभएको हो ।
ट्रफी सार्वजनिकपछि बोल्दै गुरुङले यस्ता व्यावसायिक खेलले खेलाडीको विकासमा धेरै सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी देशको गहना भएको बताउदै उहाँले व्यावसायिक खेलले खेलाडीले नाम र दाम दुवै कमाउन सक्ने बताउनुभयो । यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा ठूलो टेवा पुग्ने बताउँदै उहाँले प्रतियोगिता सम्पन्न गर्न आफ्नो तर्फबाट पनि साथ सहयोग रहने बताउनुभयो ।
क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका म्यानेजर छुम्बी लामाले ट्रफीमा पोखरालाई प्रतिनिधित्व गर्ने हिमाल, ताल मन्दिरलाई समटेर बनाएको बताउनुभयो । ‘ट्रफी बनाउनै ६ महिना बढी लाग्यो, पहिलेको भन्दा केही फरक अवश्य छ’, उहाँले भन्नुभयो ।
झरीका कारण सर्यो उद्घाटन
पोखरामा शुक्रबारदेखि परको झरीका कारण पोखरा प्रिमियर लिगको उद्घाटन खेल सरेको छ । योभन्दा अगाडि शनिबार हुने भनिएको उद्घाटन अब आइतबार हुने म्यानेजर लामाले जानकारी दिनुभयो ।
खेल तालिकामा भने फेरबदल नहुने उहाँको भनाइ छ । उद्घाटनको खेल मात्र आइतबार हुने उहाँले बताउनुभयो । ‘उद्घाटन खेल बाहेक सबै खेल उही समयमा हुने छ’, उहाँले भन्नुभयो, ‘बीचमा एक दिन ग्याप थियो, अब त्यो ग्याप नगरी खेल खेलाइनेछ ।’
यस संस्करणको पीपीएलको विजेता टोलीले २७ लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ् द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टीभीएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख रुपैयाँ र इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ् द म्याच हुने खेलाडीलाई १० हजार दिइने लामाले बताउनुभयो । यो पुरस्कार नेपाली फ्रेन्चाइज क्रिकेटको इतिहासमा धेरै रहेको उहाँले दाबी गर्नुभयो ।
उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाण्डौ गोल्डेन्ससँग खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।