बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधा...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उहाँकै निवास पुग्नुभएको छ ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्नुभएका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुग्नुभएको हो । भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडि बढ्ने विषयमा कुराकानी नेताहरुले बताएका छन् ।
सभापति देउवालाई हतारमा अगाडि बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने सुझाव देउवालाई आफूले दिएको पौडेलले बताउनुभयो । ‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ । पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्याहरुर्लाइ न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडि लानुपर्छ । यही विषयमा सभापतिज्यूसँग कुरा भएको छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकिन्छ ? यो सभापतिको जिम्मेवारी हो । हामी सबैले साथ दिन्छौँ’, उहाँले भन्नुभयो ।
सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उहाँको धारणा थियो ।
पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । ‘उहाँहरु (वार्ता समिति) ले बसेर छलफल गरेर सबै कुरा मिलाउँछन् । सबैभन्दा पहिले महाधिवेशनको एजेण्डा पहिलो सर्त हो । यसलाई अगाडी राखेर अरु पनि संगठनात्मक समस्याहरुलाई थुईथरी बसेर पारस्परीकताका आधारमा न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै जानुपर्छ’, उहाँले भन्नुभयो ।
छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताउनुभयो ।
महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताउनुभयो । पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उहाँको भनाइ छ ।
‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ । समायोजनको काम सकिएपछि कार्यतालिका पनि हामी बनाउँला । कार्यतालिका बनाउन एक वर्षको अवधि थप्नुपर्छ । अवधि थपेपछि कार्यतालिका बनाउने काम निर्वाचन समितिको हो । महाधिवेशन कार्यतालिका नबनाउने कहाँ भन्या छ र ?’, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेटका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । ‘जीवन्त पार्टीभित्र लाइभ म्याण्डेटका कुराहरु आउन सक्छन् । यसलाई प्रजातान्त्रिक पार्टीभित्र केही मान्ने कुरा पनि छैन् । अन्ततः हाम्रो उद्देश्य एउटै हो, हामी पुग्ने विन्दु एउटै हो । त्यसैले एकजुट भएर जाने परिस्थिति निर्माण गर्नुपर्छ', उहाँले भन्नुभयो ।
बिहीबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिष्कार गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।