डा‍. केसीकाे माग जायज छ, हामीहरुको साथ रहन्छ: देउवा

 साउन ४, २०७५ शुक्रबार १७:५३:० | उज्यालो सहकर्मी

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिनु भएको छ ।

सभापति देउवाले जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारसँग जोडदार माग गर्नुभयो ।

शुक्रबार अपराह्न वरिष्ठ चिकित्सक केसीको महाराजगञ्जमा रहेकाे शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उहाँले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने अडान पनि दोहोर्‍याउनुभयो ।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी पनि दिनुभयो ।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गर्नुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली का‌ंग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको अघिल्लाे सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नारायण

    July 20, 2018, 8:38 p.m.

    गोबिन्द के सि लाई ढाल बनाएर राजनीतिक रोटी सेक्नुपर्छ ! तेसैमा काङ्ग्रेसको भबिस्य छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया