महराको कार्यक्रम राेक्न नेपाल विद्यार्थी संघकाे चेतावनी

 साउन ४, २०७५ शुक्रबार १८:४९:४३ | उज्यालो सहकर्मी

बाँके – नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराबाट शनिबार  शिलान्यास गर्ने भनिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको नयाँ निर्माण गर्न लागिएको भवनको सभामुख महराले शनिबार शिलान्यास गर्ने कार्यक्रम छ ।

डा. गोविन्द केसीका जायज माग सम्बोधन नभएसम्म कुनैपनि सरकारी व्यक्तिको उपस्थितिमा कार्यक्रम नगर्न नेविसंघले अनुरोध गरेको छ ।

अनुराेध अटेर गरेको खण्डमा प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । 

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका कार्यबाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटाले शुक्रबार विज्ञप्ति जारी गरी नेपाली कांग्रेस देशव्यापी आन्दोलनको मोर्चामा रहेको अवस्थामा क्याम्पस हाताभित्र कुनैपनि कार्यक्रम नगर्न पटक–पटक अनुरोध गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण क्याम्पसको प्रशासन र लेखा शाखामा तालाबन्दी गरिएको उल्लेख गरिएको छ । 

पूर्व शिक्षक समेत रहेका महरा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया