श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ – १३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक जनालाई पाेस्ताेलसहित प्रहरीले दाङको घोराहीबाट बुधबार बेलुकी पक्राउ गरेको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइलाई एक थान कटुवा पेस्ताेल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित पक्राउ गरिएकार्रे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजकुमारले एक हप्ताअघि घोराही उपमहानगरपालिकाकाे वीपी चाेकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ती व्यक्तिले राजकुमारले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए । फिरौती रकम बापतकाे ३ लाख नक्कली रुपैयाँ लिन आएकाे अवस्थामा राजकुमार पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
राजकुमारले काे व्यक्तिसँग फिरौती रकम मागेका हुन् भन्ने बारे प्रहरीले खुलाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।