भाेजपुरबाट विप्लव समूहका जनमुक्ति सेना सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ

 पुष १७, २०७६ बिहीबार २०:४९:१४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार हतुवागढी गाउँपालिका-९, हसनपुरबाट थापालाई पक्राउ गरिएकाे हाे । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र पार्टीका केही दस्तावेज फेला पारेको थियो ।

पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएर अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया