सुनको भाउ आज घटबढ भएन, चाँदी तोलामा ५ रुपैयाँले घट्यो
माघ २०, २०८१ आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ननइस्यू’ लाई ‘इस्यू’ बनाउन खोजेर गरेकाे अान्दाेलन पार नलाग्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयलको ५९ औ वार्षिक दिवसको सन्र्दभमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा सडक र सदन संघर्षका कार्यक्रम घोषणा गर्दै गर्दा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो । उहाँले भन्नुभयो, ‘साना–तिना कुरामा अलमलिने वा ‘नन इस्यू’लाई ‘इस्यू’ बनाउन खोजर पनि पार लाग्दैन ।
‘वेस्ट अफ टाइम’, समयको बरबादी गर्छ । साह्रै दामी समयमा हामी छौ । अत्यन्तै मूल्यवान समयलाई खेर जान दिँदैनाैं ।’ आफूमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मेरा भनाईहरु अनवरत यिनै हुन् । यस्तै हुन् ।’
लक्ष्य बिनाको योजना सफल नहुने भन्दै उहाँले क्षेत्रगत अध्ययन अनुसन्धान र विश्लेषणसहितको योजनावद्ध विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थी कति आउँछन् भनेर एउटा किराना पसल थाप्नु र क्याम्पस स्थापना गर्नु उस्ता–उस्तै हो ।’
प्रधानमन्त्री ओलीले दक्ष र सक्षम जनशक्ति तयार गरी निर्दिष्ट लक्ष्यसहित योजनावद्ध विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।