एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
सर्लाही - सर्लाही क्षेत्र नम्बर-३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाइ ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि नगरपालिकाको कामकाज ठप्प भएको छ।
सदस्य यादवले आफू अनुकूलको काम नगरेकाले आफूलाइ पटक-पटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाउनुभयो। आफूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेश सभा सदस्य यादवले धम्काउने गरेकाले आफू त्यस ठाउँमा बसेर काम गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत महतोको भनाइ छ।
नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उहाँ अहिले संघीय राजधानी काठमाण्डाैमा हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत महतो सरुवाको माग गर्दै राजधानी पुगेपछि नगपालिकाको सम्पूर्ण कामकाज ठप्प हुनका साथै विकासका योजना प्रभावित भएका छन्।
कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर राय र प्रमुख प्रशासकीय अधिकृत महतो मिलेर नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार गरेको प्रदेश सभा सदस्य सञ्जय यादवले आरोप लगानुभएको छ ।
प्रदेश सभा सदस्य यादव भनुहुन्छ, ‘कविलासी नगरपालिका भ्रष्टाचार र अनियमितताको कारण कालो सूचीमा परेको छ, मैले हाकिम र नगर प्रमुखलाइ पटक-पटक हिसाब देखाउनुस् भनेँ, उहाँहरुले देखाउनु भएन, हाकिमले सरुवा मागेपछि मैले हिसाब नदेखाइ जहाँ गए पनि तपाईँलाइ मुन्ट्याएर ल्याउँछु भनेको हो, अरु कुरा हाकिम आफैँले गलत प्रचार गरेका हुन्।’
प्रदेश सभा सदस्य यादव कविलासी नगरपालिकाकाका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्यका लागि निर्वाचित हुनुभएको हो । प्रदेश सभा सदस्य सञ्जय यादवको ‘दादागिरी’को कारण कुनै कर्माचारी नगरपालिकामा बसेर काम गर्न नसक्ने र छोटो अवधिमै सरुवा गराएर जाने गरेको कविलासी नगरपालिकका प्रमुख कौशलकिशाेर रायले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।