सरकारलाई समर्थन गरेर पनि हामीहरुले राज्यको अनुभूति गर्न सकेनाैं: राजपा नेेता यादव

 साउन ५, २०७५ शनिबार १७:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले दुई तिहाईको दम्भमा सरकार राणाशासन कालको भन्दा बढी निरंकुश बन्दै गएको बताउनुभएको छ । 

शनिबार रिपोर्टस क्लबमा नेता यादवले सरकारले जनतालाई सेवा सुविधा दिनुको सट्टा राणा शासनमा भन्दा बढी निरंकुश बन्दै जनतामाथि कर थप्ने काम गरेको बताउनुभएको हो ।

सरकारलाई समर्थन गरेर पनि आफुहरुले राज्यको अनुभुति गर्न नसकेको भन्दै उहाँले सर्वसाधरणको दैनीकि प्रति सरकार जिम्मेवार बन्न नसकेको टिप्पणी गर्नुभयो । 

तराईका जिल्लामा उखु किसानको १० अर्ब रुपैयाँ अझै पनि उखु मिल सञ्चालकले नदिएको भन्दै उहाँले त्यसतर्फ सरकार गम्भीर बन्न नसकेको गुनासो गर्नुभयो ।
उहाँले सरकार आफैंले गरेको प्रतिवद्धता पूरा गर्न असक्षम भएको टिप्पणीे गर्नुभयो ।

सिण्डिकेटको अन्त्य , ठेगेदारलाई कारवाही तथा संविधान संसोधनका लागि आफुहरुसंग गरेको सहमति पुरा गर्नबाट सरकार पछि हटेको उहाँको तर्क थियो ।

सहमति अनुसार अझै पनि आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाई नभएको, मुद्दा फिर्ता गर्ने काम नभएको तथा विभिन्न समयमा भएका मधेस आन्दोलनका प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै उहाँले सरकारप्रति असन्तुष्ठी जनाउनुभयो । 

उहाँले वर्तमान अवस्थामा सरकार भन्दा पनि मुद्धाको सम्बोधन आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया