लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गर्नुभएको छ ।
प्रहरीसँगको झडपमा घाइते भई उपचार गराइरहेका तरुण दलका सभापति जीतजंग बस्नेत लगायत घाइतेहरुलाई भेट्न सिभिल अस्पताल पुगेका देउवाले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गर्नुभएको हो ।
सरकारले अपराधपूर्ण तरिकाले तरुणदलका अध्यक्ष सहित आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको दावी गर्नुभयो ।
उहाँले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आइन्दा यस्तो काम बन्द गर्न सरकारलाई चेतावनी पनि दिनुभयो ।
पूर्व–घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा तरुण दलका अध्यक्ष बस्नेतसहित तीन दर्जन बढी घाईते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।