अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै - गएकाे असाेज ८ गते कृषि विकास बैंककाे सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर लुटेकाे एक करोड रुपैयाँसहित फरार रहेका दिपक नेपाललाई प्रहरीले पक्राउ गरेकाे छ ।
फरार अभियुक्त नेपाललाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाएको छ।
मोरङ जिल्ला, रंगेली नगरपालिका-२ घर भएका ४३ वर्षीय नेपालकाे गएकाे असाेज ८ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्ब रुपैयाँ ठगी गरेर लैजाने याेजनामा काम गरेका नाइजेरियन र भारतीय नागरिकहरुले प्रयाेग गरेका नेपालीहरुमध्ये एक रहेका पाइएकाे छ ।
लामो समय देखि भारतको मुम्बई साथै नेपालमा बसी ५ अर्बभन्दा बढी रकम ह्याकिङ गरी लैजाने नाइजेरियन र भारतीय नागरिकहरुकाे योजना अनुरुप नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको सिस्टम ह्याक गरेर लुटिएकाे एक कराेड रुपैयाँसहित नेपाललाई पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।