लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाडौं – तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
शनिबार काठमाडौंमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी कुटपिट गरेको भन्दै तरुण दलले त्यसको विरोधमा आइतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।
नयाँ वानेश्वर झडपमा घाइते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताउनुभएको हो । दुई तिहाईको दम्भमा सरकारले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उहाँले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
अस्पतालमा उपचाररत घाइतेहरुले नागरिकको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताए । घाइते तरुण दल कामाडौ निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेतसहित १ सय ५० भन्दा बढी तरुण दलका नेता कार्यकर्ता प्रहरीको हस्तक्षेपमा घाइते भएर सिभिल अस्पतालमा उपचार गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।