जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
पर्सा – गृहमन्त्री रामबहादुर थापा बादलले डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकार सकरात्मक रहेको बताउनु भएको छ ।
शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको भेटघाटका क्रममा गृहमन्त्री थापाले डाक्टर गोविन्द केसीको मागलाई लोकतान्त्रिक तरिकाले हल गर्ने सरकारको नीति रहेका बताउनुभयो ।
‘डा.केसी जुन माग लिएर अहिले अनसनरत हुनुहुन्छ । उहाँको मागलाई सम्बोधन गर्न सकरात्मक रुपमा सरकारले कदम अगाडि बढाएको छ’, गृहमन्त्री थापाले भन्नुभयो, ‘चिकित्सा शिक्षा सम्बन्धी विधेयक तयार पारिएको छ । जुन स्थगनको अवस्थामा थियो । तर डा.केसीको माग पूरा गर्न तयार गरिएको विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।’
सरकारको विकास, शान्ति र समृद्धिको अभियानलाई रोकेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने षड्यन्त्र भइरहेको गृहमन्त्री थापाको भनाई छ ।
शनिबार नै सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले विज्ञप्ति निकाल्दै सरकारले डाक्टर केसीलाई जीवन रक्षाका लागि काठमाडौं ल्याएकाे बताउनुभएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा डाक्टर केसीपक्षसँग सरकार वार्ता गर्न तयार रहेको र केसी पक्ष बिना शर्त वार्तामा आउन हाह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारी वार्ता टोली डाक्टर केसीका माग वार्ता मार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डाक्टर केसी पक्षलाई निशर्त वार्तामा आउन आह्वान गर्दछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक गौतम
July 21, 2018, 7:10 p.m.देशलाई धरातल मा पुर्याएर विकास को नारा दिने बानी छोडेर वानी बोली सुधार्नुस ।