लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाडौं - नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।
शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालनातर्फ सचेत गराएको हो । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न गराउन सबैसँ आग्रह गर्नुभयो । प्रहरी संगठन सधैं नागरिकको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उहाँले नागरिक सुरक्षाको प्रतिवद्धता जनाउनुभयो ।
शनिबारर तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रदर्शनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।
शनिबार काठमाडौंमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा प्रहरीतर्फ ११ जना र प्रदर्शनकारीतर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जनभन्दा धेरै घाईते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।