लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिनुभएको हो ।
उहाँले डाक्टर केसीका माग पूरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिनुभयो । डाक्टर गोविन्द केसीका माग जाहेज रहेको भन्दै उहाँले चिकित्सा शिक्षा विधेयक हुबहु पास गराउनै पर्ने बताउनुभयो । डाक्टर केसीको माग जाहेज रहेको भन्दै उहाँको जीवन रक्षाका लागि निरन्त लडिरहेन बताउनुभयो । कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ ।”
शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौंमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उहाँले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रजातन्त्र विरोधी, मानव अधिकार विरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफूहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उहाँले जनता र प्रजातन्त्रको विरुद्धमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुष्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुस गर्न दिँदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन्, सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदै होइनन् । ”
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।