केसीको मागमा समर्थन जनाउँदै बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु

 साउन ६, २०७५ आइतबार १३:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अनशनरत डाक्टर गोविन्द केसीको  मागमा समर्थन जनाउँदै सामूहिक सत्याग्रह सुरु भएको छ ।  काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन सुरु भएको हो । डाक्टर केसीका माग र आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका युवाहरुले आजदेखि अनसन सुरु गरेका हुन् । 

केसीका माग पूरा नहुँदासम्म दिनहुँ बिहान १० देखि वेलुका ५ बजेसम्म अनसन बसेर सरकारलाई दबाब दिइने अभियन्ता शशिविक्रम कार्कीले जानकारी दिनुभयो । यस्तै, डाक्टर केसी १५ औ पटक अनसन बसेको आज २३ दिन पुगेको छ ।

चिकित्सा शिक्षाको गुणस्तरीयता कायम गर्न तथा गुणस्तरीय स्वास्थ्य सुविधालाई आम नागरिकको पहुँचमा पुर्याउन माग गर्दै डाक्टर केसीले जुम्लामा अनसन सुुरु गर्नुभएको थियो । अनसनको २० औं दिन उहाँको उपचारका लागि भन्दै सरकारले बल प्रयोग गरेर केसीलाई काठमाडौ ल्याएपनि उहाँले स्वास्थ्य परीक्षण गर्न मान्नुभएको छैन । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया