श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
सिरहा - पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका-७ मा शनिबार अपराह्न भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाकाे ज्यान गएको छ ।भने अन्य पाँच जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेका प्रहरीले जनाएकाे छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्र्याक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
तीव्र गतिमा रहेको ट्र्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयाे। ज्यान गुमाएका दुवैको शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।