चरेससहित वडा सदस्य पक्राउ

 माघ ७, २०७६ मंगलबार ६:४०:२९ | रासस
unn.prixa.net

बाजुरा – बडिमालिका नगरपालिका ९ गैरी बजारमा डेढकिलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साेमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका १ घर भइ मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको भट्टराईले बताउनुभयो ।

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया