नेकपाका केन्द्रीय सदस्य न्यौपानेको अाफ्नै दलका नेतालाई प्रश्न, काम गर्ने चाहिँ कसले ?

 साउन ७, २०७५ सोमबार ८:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता लेखनाथ न्यौपानेले आफ्नै दलका शीर्ष नेताको बानीबारे असन्तुष्टि व्यक्त गर्नुभएको छ । सत्तामै रहेका बेला पनि दलका शीर्ष नेताहरु नै यस्तो हुनुपर्ने र उसो गर्नुपर्ने भन्दै सुझाव दिनेगरेको प्रति नेता न्यौपानेले असन्तुष्टि व्यक्त गर्नुभएको हो । 

पछिल्लो समय पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले विभिन्न विषयमा छानविन गर्न माग गरेको प्रति असन्तुष्टि जनाउँदै  न्यौपानेले भन्नुभएको छ, ‘वन विश्वविद्यालयले ८ वटा निजी कलेजलाई सम्बन्ध दिने निर्णय गरेकोबारे छानविनको माग गर्नुभएछ, दुर्गा प्रसाई र कानून मन्त्रीले बोलेको विषयमा आत्मालोचना गर्न र सरकारको ध्यान जाओस् भन्ने माग गर्नुभएछ खुशी लाग्यो तर यस्ता माग सम्बोधन गर्ने चाहिँ कसले हो ?’ उहाँले यो प्रवृत्ति प्रति दिक्दारी पोख्दै भन्नुभएको छ ‘गज्जब हाम्रो पार्टी गज्जब हाम्रो देश ।’
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ramgopal

    July 23, 2018, 8:57 a.m.

    राजनीतिमा चरित्र नै ठूलो ईमानदार हो सो नै नभएपछि ज बोले पनि के फरक पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया