कांग्रेस बैठक : महाधिवेशनको कार्यतालिका संशोधन

 माघ १३, २०७६ सोमबार २०:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो । 

गएको मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठब वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेपछि सुरुभएको विवाद त्यसको डेढ महिनापछि माघ १० मा बूढानिलकण्ड बैठकमा टुंगिएको थियो ।  

बूढानिलकण्ठ बैठक अनुसार नै सोमबार केन्द्रीय कार्यसमिति बैठक बसेर १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो । 

महाधिवेशन अर्को वर्ष फागुन ७ गतेदेखि १० गतेसम्मलाई यथावत नै राखेर अन्य तालिका हेरफेर गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

संशाेधित अधिवेशनकाे कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन – २०७७ कात्तिक १६ गते  
(ख) गाउँ/नगरपालिका  अधिवेशन – २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २५ गते
(च) सातै प्रदेशकाे अधिवेशन – २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन – २०७७  फागुन ७, ८, ९ र १० गते काठमाण्डाै । 

यस्तै बैठकले पार्टीकाे अन्तरिम संरचना समायोजनकाे काम माघ मसान्तभित्रै सक्ने निर्णय पनि गरेकाे छ । यस्तै क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । यसको संयोजक र सदस्यहरु भने नेताहरुसँग छलफल गरेर पार्टी सभापतिले ताेक्ने निर्णय भएकाे छ ।  

 

 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया