यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक रुपमा नेपाली कांग्रेसको अस्तित्व सकिएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले डाक्टर गोविन्द केसीको एजेण्डा बोकेर हिँडेको कांग्रेस इतिहासमा सीमित हुने दाबी गर्नुभयो । प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न बहानामा सरकारलाई बदनाम गर्ने प्रयत्न गरेको दृष्टान्त दिँदै उहाँले कांग्रेस आफ्नै क्रियाकलापका कारण राजनीतिक रुपमा समाप्त हुने दाबी गर्नुभएको हो ।
विशेष गरेर डाक्टर केसीको मागलाई अनावश्यक रुपमा राजनीतिक रंग दिएर कांग्रेसले गल्ती गरेको टिप्पणी उहाँको थियो । सरकार डाक्टर केसीको जीवन रक्षाप्रति सरकार संवेदनशील भैरहेकै समयमा कांग्रेसले अवरोध पुर्याएको दाबी उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले खोजेको चाहिँ के हो ? नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर केसीको पुच्छर समातेर हरण गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डाविहीन, यति अलोकतान्त्रिक भइसकेको हो ?’
प्रचण्डले आफ्नो कुनै एजेण्डा नभएपछि कांग्रेस गोविन्द केसीको माग पूरा गर भन्दै तोडफोडमा उत्रिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो दृष्टिमा कांग्रेस अब सिद्धियो । अब कांग्रेसको अवसानको बाटो हो, कांंग्रेसको यही बुद्धि, यही तरिका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै दिन लाग्दैन ।’
लोकतन्त्रवादी भन्ने सरकारको समयमा डाक्टर गोविन्द केसी सबैभन्दा बढी अनसन बसेको उल्लेख गर्दै उहाँले तात्कालीन समयमा किन माग सम्बोधन नगरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘डाक्टर गोविन्द केसी अनसन बस्नुहुन्छ । यो नेपाली समाजले पचाइसकेको छ । उहाँको कामै अनसन बस्ने हो । उहाँ बसिरहनुहुन्छ ।’
अध्यक्ष दाहालले कांग्रेसले डाक्टर केसीको जीवनरक्षामा भन्दा लासमाथि राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, तर अर्को पक्ष उहाँको जीवनरक्षा प्रति गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ ।’
अध्यक्ष दाहालले सरकार अब दश गुणा शक्तिका साथ अघि बढ्ने भन्दै त्यसको तागत हेर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हेर्नुहोला १० गुणा शक्तिको साथ हामी पनि अघि आउँछौ, हामी एकताको प्रारम्भिक चरणमा छौँ, हामीले अभियान चलाउन सिंगै बाँकी नै छ । हामी तल जाँदैछौ । हामी नागरिकमा जाँदैछौं । हेर्नुहोला । त्यसबाट के निस्कन्छ ? यो के तागत हो भन्ने कुरा ।’
विगतमा कम्युनिष्ट गठबन्धनविरुद्ध एकजुट भएको शक्ति नै अहिले वर्तमान सरकारलाई बदनाम गर्ने नियोजित कसरतमा लागेको उहाँको भनाई थियो । इतिहासमा पहिलेदेखि अहिलेसम्मका क्रान्तिका अनुभवले प्रत्येक क्रान्ति पछि पराजित भएको वर्ग समयुदाय वा शक्ति अझै ठूलो प्रतिक्रान्तिका लागि तयार रहने भएकाले क्रान्तिको उपलब्धिको रक्षा गर्ने काम कठीन भएको बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
पराजित वर्गले प्रतिक्रान्तिका लागि १० औं गुणा तागत लगाउने भएकाले क्रान्ति पछिको प्राप्तिलाई बचाइराख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
यमनाथ दाहाल
July 24, 2018, 6:55 p.m.७/७ पटक सम्म अनसन बसेका गाेबिन्द के सी काे माग पूरा गर्न नसक्ने काङ्ग्रेसको नेतृत्वकाे सरकार अाज निरीह बनेर सडक अान्दोलन गरिरहेको छ।बिचरा काङ्ग्रेस ।
दिपक राई
July 24, 2018, 2:55 p.m.आदरणीय कम्रेड प्रचण्डको टिप्पणी समसामयी लाग्यो। हिजोका लोकतन्त्रको ठेकेदार हुँ भन्दै आफ्नो नाक फुल्लाउने हरुको हैसियत देखियो। एउटा स्वतन्त्र ब्याक्तीले उठाएको माग आफ्नो ठाउमा जायज होला तर यस्लाई नेपाली कांग्रेस जास्तो पाटिले आफ्नो केही नलागेपछी सरकारलाई असफल बनाउन राजनिती रंग दिएर गोबिन्द के सि लाई आफ्नो चार तारे झन्डा मा समाहित गर्यो यो जस्तो प्रगतिसिल राजनितिको लागि अरु कुनै बाटो उस्ले देखेन र गोबिन के सि लाई उचालेर अनशन बस्न बाद्य पार्यो। सो सामान्री जनताले पनि सजिलै पुज्छ। आफ्नो पाटिको नाममा रहेको निजि आन्पताल चै चलाउन हुने अरुको चै नहुने भन्ने हुदैन। अब यसो गरौ जतिपनी निजि अस्पताल कुलेको छ अथवा खुल्ने वाला छ ती सबैलाई रास्टियकरन गरौ।
लक्षमण पोखरेल
July 24, 2018, 7:51 a.m.प्रचण्डजी आफै सिद्धीए को लाज पचाउन देउवा को नाम लिएर शंतोष मानदै हुनुहुनछ !
Dannery Gonzalez
July 24, 2018, 1:42 a.m.बुझ्नु न सुझनुको कस्तो आलुपाँणे प्रतिकृया ।
Bhabiswor Adhikari
July 23, 2018, 7:18 p.m.It’s all political things. This kind of speech only in Kathmandu If you have power go to all villages. See the conditions of Nepali sibling What is going on Because of. You are. Always having at five star hotels
रामचन्द्र राई
July 23, 2018, 5:17 p.m.दाहाल जी दिन दिनै हामी यस्ताे सहन सक्दैनाै भनिदिनुहाेस् सबैलाई । के दलहरु सबै जनताबाट पतन हुन खाेजेका हुन् ? कि जे गरे नि हुन्छ भन्न खाेजेकाे ? हामीलाई हाम्राे देश नेता भन्दा प्याराे छ खबरदार ? डा. के.सी.काे माग जाहेज भए पूरा गगर्नुस् ? अनावश्यक उल्झनमा नपर्नुस् ? देशलाई विकास गर्नुस् ? हैन सकिन्न भने अाजै भाग्नुस् ? देश र जनताकाे भार बनेर नबस्नुस् ? देश चलाउन राजनितिक दलकाे नेता हैन असल देशभक्त साधारण देशबासी भए काफि छ बुझि हाल्नुस् बेलैमा । जय नेपाल ।
दीपक गौतम
July 23, 2018, 3:49 p.m.जो चोर उसैको ठुलो स्वर, 17000 र मामा समेत को हत्यारा हरू को चर्को स्वर सुन्दा आफु नेपाली भऐकामा घीन लाग्छ । बोली फेर्ने, दुई जिब्रे, मानव को परिभाषा भित्र नपर्ने हरू को जमात तिमीहरूलाई तिम्रै लालसलाम ।