प्रधानमन्त्री ओलीको प्रश्न : पूर्व प्रधानन्यायाधीश जस्तो व्यक्तिले निषेधित क्षेत्र तोड्न मिल्छ ?

 साउन ७, २०७५ सोमबार १५:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आलोचना गर्नु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले देशकै सर्वोच्च निकायमा पुगेको व्यक्तिले निषेधाज्ञा तोड्न मिल्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्व प्रधानन्यायाधीश कार्कीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो । 

त्यस्तै डाक्टर गोविन्द केसीले अनसन बसे पनि त्यसलाई कायम राख्न अन्य पक्षहरु लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा उत्रिनु गैरकानुनी भएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया