यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
लमजुङ – देशमा दुई ठूला वामपन्थी दल एक हुँदा कार्यकर्तामा आत्मबल बढेको वाम समर्थकहरुले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी सुन्दरबजार लमजुङले सुन्दरबजारमा आयोजना गरेको ४० औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बोल्दै उनीहरुले मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएकोमा आत्मबल बढेको बताएका हुन् । नेकपाका कार्यकर्ता मुरारी भुजेलले पहिला दुईतिर मुख फर्काइ हिँड्ने कम्युनिष्ट पार्टी एक भएर अघि बढेकोमा खुशी मिलेको बताउनुभयो ।
‘हिजो छरिएर रहेका कम्युनिष्ट पार्टी आज एक भएका छन् । यसले हामीहरुमा पनि आत्मबल बढाएको छ । कर्तव्यनिष्ठ भएर हामीहरु अघि बढ्न सके, जनहितमा काम गर्न सके मात्रै पुष्पलालले देखेको सपना पूरा हुन सक्छ । हामी लक्ष्यमा पुग्न सक्छौँ,’ उहाँले भन्नुभयो ।
नेकपाकै कार्यकर्ता सन्तोषी गौलीले पनि पुष्पलालले देखेको सपना पूरा गर्नका लागि सबै कम्युनिष्ट एक भएर अघि बढ्नुको विकल्प नरहेको दोहोर्याउनुभयो ।
गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले राजनीति, दर्शन र साहित्यमा पुष्पलालको योगदान उदाहरणीय रहेको स्मरण गर्नुभयो ।
विचारका धनी पुष्पलाल यस धर्तीमा नरहेता पनि उहाँको विचार र योगदान आज पनि जीवितै रहेको उहाँले बताउनुभयो । नेकपा समर्थक सबैले हुने खाने वर्गको लागि नभई गरिखाने वर्गको हितमा काम गर्नु आवश्यक रहेको धारणा समेत राख्नुभयो ।
पुष्पलाल स्मृति दिवस मनाउन भेला भएका वाम समर्थकहरुले दुई तिहाई बहुमत पाएको वामपन्थी सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।