उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
नवलपरासी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्याग्रह बस्दैमा कम्युनिष्ट सरकार नझुक्ने प्रतिकृया दिनुभएको छ ।
आइतबार नवलपरासी पूर्वको कावासोतीमा नेकपाको आयोजनामा भएको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कांग्रेसले च्याँखे थापेर कम्युनिष्ट सरकारको रौँ पनि नहल्लिने दावी समेत गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले संसदीय प्रणालीले नै बहुमतको सरकारलाई दिएको अधिकार कम्युनिष्ट सरकारले प्रयोग गर्दा कांग्रेसले बखेडा खडा गरेको आरोप लगाउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘उ एक तिहाईको अल्पमतमा छ, हामी दुईतिहाईको बहुमतमा छाैँ । अनि हाम्रो सरकारले जनताको यो अभिमतलाई प्राप्त गरेर काम गर्न पाउने कि नपाउने ? विधेयक हामीले भने जस्तो बनाउने कि कांग्रेसले जे भन्छ त्यही बनाउने ? अल्पमतको शासन कतै हुन्छ ?’
मुख्यमन्त्री गुरुङले थप्नुभयो, ‘कांग्रेसले गोविन्द केसीलाई उठाएर भन्यो ल यो विधेयक बनाउ भनेर हुन्छ ? यस्तो कुरा कम्युनिष्ट पार्टीले सुन्दैन । कुनै व्यक्ति सत्याग्रहमा बस्दैमा कम्युनिष्ट सरकारले आफ्नो सिद्धान्त त्यागेर त्यसको पछिपछि लागेर विधेयक बनाउने हो भनेदेखि गोविन्द केसीलाई प्रधानमन्त्री बनाइदिनु नि शेरबहादुर देउवाले । किन तपाईँ बेलाबेलामा प्रधानमन्त्री बन्ने रहर गर्नुहुन्छ ?’
कम्युनिष्ट सरकारले देशमा राम्रो काम गर्न लागेकाले कांग्रेस डराएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
सरकार निर्माण भएको एक वर्ष पनि नहुँदै कांग्रेसले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नतर्फ लागेको आरोप मुख्यमन्त्री गुरुङले लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।