यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पलाल श्रेष्ठको स्मृतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएकाे भाषण दयनिय र आपत्तिजनक भएको बताएको छ ।
नेपाली कांग्रसले विज्ञप्ति निकाल्दै अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीको अभिव्यक्ति लोकतन्त्रको भावना विपरीत आएको टिप्पणी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूले हाल भइरहेको आन्दोलनलाई लक्षित गर्दै डाक्टर गोविन्द केसी र उहाँको मुद्धालाई समर्थन गर्नुलाई त्यान्द्रो समाएर राजनीति गरेको भनेको अभिव्यक्ति दयनीय त छ नै, आपत्तिजनक पनि छ ।’
कांग्रेसले लोकतन्त्रमा जुलुश निकाल्न पाइने र त्यो अधिकार एक व्यक्तिमा पनि हुन साच्चिकै लोकतन्त्र भएको उल्लेख गरेको छ । कांग्रेसले डाक्टर केसी एक नागरिकभन्दा माथिको व्यक्ति भएको र उहाँको मागलाई समर्थन गर्दैमा त्यान्द्रो समाएर राजनीति गरेको नहुने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘डाक्टर केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डाक्टर केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन ।’
कांग्रेसले माथेमा आयोगको प्रतिवेदनलाई सरकारले उल्टाउन लागेको आरोप लगाएको छ । कांग्रेसले प्रचण्डले सरकारलाई डाक्टर केसीको माग र जीवन रक्षा गर्न सुझाव दिनुपर्नेमा कांग्रेस माथि नै लासको राजनीति गरेको आरोप लगाउनु आपत्तिजनक भएको प्रतिक्रिया दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनोज अधिकारी
July 24, 2018, 9:01 a.m.डा के सि को माग हामी जनताको हितमा हुँदा हुँदै पनि काङ्ग्रेसले पाटिको झन्डा उफार्नु उचित थिएन ।जनताको मागाको निम्ति नेपाली झण्डै काफी थियो ।र सरकारले पनि विभिन्न बहाना बनाउने हो भने एसको मार जनतालाई पर्ने देखिन्छ,यसको जिम्मेवारी को हुने?