पार्टीको निर्देशनपछि कानुनमन्त्री तामाङले राजीनामा दिँदै

 साउन ८, २०७५ मंगलबार ९:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्देशनपछ तामाङले मंगलबार राजीनामा दिने तयारी गर्नुभएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उहाँलाई राजीनामा दिन निर्देशन दिएको हो ।

स्रोतका अनुसार सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो । पार्टीको निर्देशनपछि तामाङले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गर्नुभएको छ । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया