राष्ट्रियसभा बैठक : होहल्ला र चर्काचर्की (भिडियोसहित)

 साउन ८, २०७५ मंगलबार १२:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभयो ।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । त्यसपछि अध्यक्षको अनुमति विना नै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो । 

प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक  भट्टराई सदन चल्नु पर्छ भन्दै जबरजस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि कांग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गर्नुभयो । त्यसपछि बैठकमा होहल्ला सुरु भयो । चोर औला देखाई देखाई सांसदहरु भनाभनमा उत्रिँदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै हुनुहुन्थ्यो ।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलिलाई स्मरण गराउनुपरेको थियो ।

निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपछि प्रतिपक्षी दलका सदस्य उभिईरहेपछि अध्यक्षले बैठक  साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • श्यामकुमार बानियाँ

    July 25, 2018, 5:33 a.m.

    संस्कारहीन जत्था छ सदनमा । यी संस्कारहीन पशुहरूको अन्त्य नभई मुलुकको समृद्धि सम्भव छैन ।

  •  0 Reply
  • कृष्ण गाउँले

    July 24, 2018, 12:51 p.m.

    भुपिले उहिले भनेका हुन "नेपाल हल्लैहल्लाको देश हो ।" पागल खानामा हल्ला हुनु नयाँ कुरा होइन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया