पुनर्निर्माणमा प्रयाेग नभएका पुरातात्विक सामग्रीलाई सङ्ग्रहालयमा राखिने

 माघ २६, २०७६ आइतबार १६:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सरकारले सम्पदाको पुननिर्माणममा प्रयोग नभएका पुरातात्विक सामग्रीलाई सङ्ग्रहालयमा राख्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु सङ्ग्रहालयमा राखिने बताउनुभएको हो । 

पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे हाे ।मन्त्री भट्टराईले ललितपुरको पाटन दरबार क्षेत्रमा सङ्ग्रहालय निर्माण भइसकेको जानकारी दिनुभयो । 

मानव सभ्यतासँग सम्बन्धित अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरि अनुसन्धान पूरा नहुने बताएकाले पुननिर्माणममा प्रयोग नभएका पुरातात्विक वस्तुहरु सङ्ग्राहलयमा राख्न लागिएको मन्त्री भट्टराईले भन्नुभयाे ।  

उहाँले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदामा क्षति भएकोमा चार  सय वटाको पुननिर्माण सम्पन्न भएको बताउनुभयाे । १ सय ५० वटाको यही आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको आउँदाे दुई वर्षभित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने धारणा राख्नुभयाे । उपत्यकाका सात वटै विश्व सम्पदा सूचीमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत उहाँले घाेषणा गर्नुभयाे ।  

पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’ को काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले पुरातात्विक क्षेत्रमा रहेका मानव बस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताउनुभयो । नेपालका कतिपय सम्पदाको अरु देशले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचारप्रसारमा सरकारले ध्यान दिएको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया