त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा स...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ - सरकारले मनग्य राम्रा काम गरिरहँदा पनि जस नपाएको र सरकारलाई विवादमा ल्याउन भ्रम फैलाउने काम भैरहेकाे जनाएको छ ।
सरकारले आम नागरिकको दैनिकी सहज हुने, अर्थतन्त्र बलियो बनाउने र विश्वमञ्चमा नेपालको बलियो उपस्थिती देखिने काम गरेकाे भए पनि आलोचना मात्रै भैरहेको निष्कर्ष निकालेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्ताे बताउनु भएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिसले गर्दा केहि व्यक्तिले राम्रा कामको पनि प्रशंसा नगरेको उहाँको भनाइ छ । तर केपी शर्मा ओली व्यक्ति मात्रै नभइ देशको प्रधानमन्त्री समेत रहेकाले व्यक्तिको विरोध गर्ने नाममा देशकै विरोध नगर्न उहाँको आग्रह छ ।
मन्त्री बाँस्कोटाले विश्वका कुनै पनि देश रातारात धनी र विकसित नबनेको भन्दै नेपाल पनि बिस्तारै बन्दै गरेको बताउनुभयो । सरकारले रेल परियोजना अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले समेत तिव्रता पाएको बताउनुभयाे ।
वर्षौदेखि कालापानी र लिपुलेकमा नेपालको भूमि लुटिएको विषयमा अहिलेको सरकारले प्रमाण जुटाएको बताउँदै उहाँले भारतसँग कुटनीतिक हिसाबले कुरा अघि बढाइएको दावी गर्नुभयाे ।
स्विजरल्याण्डको डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा नेपालको बलियो उपस्थिति रहेकोदेखि चीनका राष्ट्रपति सि जिन पिङले नेपालको भ्रमणबारे जानकारी गराउनुभयाे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ पटक नेपाल भ्रमण गरेको भन्दै मन्त्री बास्कोटाले विमस्टेक सम्मेलनकाे कारण विश्वमा नेपाल देखिन र सुुनिन लागेको दावी गर्नुभयो । उहाँले काम नगर्ने ठेकेदारलाई कारबाही गरिएकाे उहाँले दावीसमेत गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।