नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) को खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको भन्दै तत्कालको लागि खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।
समितिको बैठकमा मन्त्री बाँस्कोटालाई बोलाए पनि उहाँ भने उपस्थित हुनुभएन । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा ७५ करोड रुपैयाँ घुस लिन एक जना व्यापारीसँग कुरा अघि बढाएको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।