नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी परियोजना अन्तर्गत निर्माण हुने २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान भएको छ । यसअघि आह्वान भएको ठेक्कामा केही प्रक्रिया नमिलेको भनेर आलोचना भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पुनः ठेक्का आह्वान गरेको हो ।
लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा आउँदो माघ १७ गतेका लागि तोकिएको एमसीए नेपालले जनाएको छ ।
अहिलेको ठेक्कामा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समावेश छन् । यसले गर्दा काम प्रभावकारी हुने एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपालले बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमी प्रसारण लाइन निर्माणका लागि १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरिसकेको छ ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।
एमसीए नेपालले ४ सय केभी क्षमताका तीन वटा सबस्टेशन निर्माणका लागि पनि ठेक्का लगाइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।