च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ - कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषय भएको बताउनु भएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले बाँस्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी भए पनि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको बताउनुभयो।
‘बाँस्कोटाको अडियो प्रष्ट सुनिन्छ । उहाँले अडियोमा ‘हामी’ भनेर कसलाई भनेको हो ? हामीभित्र को को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट जवाफ दिनुहोस्’, उहाँले भन्रुभयाे । छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली भएकाे अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुने शंका व्यक्त गर्नुभयाे।
‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली हाे भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’देउवाले प्रश्न गर्नुभयो ।
सभापति देउवाले सेक्युरिटी प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोपसमेत लगाउनुभयाे । श्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट देशको ध्यान मोड्ने प्रयत्न भएको उहाँले बताउनुभयो ।
उहाँले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिनुभयो । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाँले स्वेतपत्रप्रति आपत्ति जनाउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गर्नुभयो ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीलाई तीव्रता दिनुपर्ने देउवाले बताउनुभयो । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गर्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुहुन्थ्यो । संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।