डाक्टर केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका सयजना आवासीय डाक्टर अनसन बस्ने

 साउन १०, २०७५ बिहीबार ९:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी १५ औँ पटक अनसन बसेको २७ दिन पुगेको छ । २७ दिन देखिको अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डाक्टरले बताएका छन् ।

उहाँले बुधबार बान्ता गरेको र बेलाबेला बेहोस पनि हुन थालेको र स्वास्थ्य अवस्था धेरै नै विग्रिसकेको उहाँको रेखदेख गरिरहेका डाक्टरको भनाई छ । स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुँदा पनि डाक्टर केसीले अझै पनि उपचार गराउन मान्नु भएको छैन । कुनै व्यक्तिले उपचार गराउन अस्विकार गर्दा गर्दै उपचार दिनु चिकित्साशास्त्रको मान्यता विपरित हुने भएकाले जवरजस्ती उपचार गराउन नमिल्ने आवासीय डाक्टरले बताएका छन् ।

उनीहरुले डाक्टर केसीको मागलाई केही राजनीतिक पार्टीले गलत रुपमा व्याख्या गरेको आरोप लगाएका छन् । केसीको मागलाई राजनीतिकीकरण गरेर गलत तरिकाले व्याख्या गरिन थालेको भन्दै डाक्टरले अब त्यसको प्रतिकार गर्नेपनि जनाएका छन् । केसी पक्षको वार्ता टोलीले मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा वार्तामा सहमति नभएको बताएको छ ।

बुधबारको वार्तामा डाक्टर केसी पक्षले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने  र त्यसमा थप सुधार गरि ल्याउनुपर्ने माग गरेको थियो भने सरकारी पक्षले विधेयक संसदमा दर्ता भइसकेकाले फिर्ता लिन नमिल्ने र संसदीय प्रक्रियाबाटै संशोधन गर्न सकिने अडान लिएको थियो ।

डाक्टर केसीको माग बारेमा अनौपचारिक रुपमा छलफल भैरहेको सरकारले जनाएको छ । अनौपचारिक रुपमा सहमति भएपछि मात्रै औपचारिक वार्ता गर्ने सरकारी पक्षको तयारी छ । डाक्टर केसीको मागमा समर्थन जनाउँदै आवासीय डाक्टर त्रिवि शिक्षण अस्पतालमा सामूहिक अनसन बस्ने भएका छन् । झण्डै एक सय जना डाक्टर अनसनमा बस्ने र माग पूरा गराउन दबाब दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ¥याली निकाल्ने तयारी भएको उनीहरुले जानकारी दिएका छन् । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया