अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो ।
३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ परेका थिए ।
रोनाडिन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।
सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।