अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
रौतहट - रौतहटमा रहेका सशस्त्र प्रहरीका छुुट्टाछुटै गस्ती टोलीले चार करोडभन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ ।
यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको चार करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजनालाई नेपाल प्रहरीमार्फत कारवाहीको दायरामा ल्याइएको र बरामद सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनुुभयो ।
त्यसैगरी सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा भारत विहार बैरगनिया–१३ का रोहित पासवानलाई पाँच किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।
यसअघि गत पुस १ गते सशस्त्र प्रहरीले लागुऔषध ३०० ट्याबलेट नाइट्राभेटसहित एकजनालाई बङ्कुलबाट र गत गत असोज २५ गते गौरबाट लागुऔषध एक किलो गाँजासहित एकजनालाई पक्राउ गरेको थियो ।
फागु पर्व नजिकिँदै जाँदा रौतहटको बेलबिछवा, महादेवपटी, औरैया, बनजरहा, जयनगर, मठिया, रामपुर नरकटिया, बङ्कुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, मटिअर्वा, कबहिगोठ, मुसहर्वालगायत सीमा नाकाबाट भारतीय सामानको चोरी–तस्करी बढेको छ ।
चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी मध्यक्षेत्रीय वाहिनी बर्दिबासले रौतहट र बारामा दुुईजना नायब प्रहरी उपरीक्षकको कमान्डमा विशेषटोली खटाइए पनि नियन्त्रण हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।