प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
पाल्पा - सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहिबार काठमाडौंमा रानीमहल हस्तान्तरणसम्बन्धी १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा महलको व्यवस्थापन, सञ्चालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्वीकृति तानसेन नगरपालिकाले लिनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आय आर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गर्नुभयो ।
उहाँले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पार्नु भयो ।
१० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
विक्रम संवत १९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्व रही आएको छ ।
आकर्षक कलाकृतिले सजिएको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा पनि चिनिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।