सरकार र डा. केसीबीच सहमतिमा हस्ताक्षर हुँदै, आजै अनसन तोडिने

 साउन १०, २०७५ बिहीबार १६:४९:३ | उज्यालो सहकर्मी

काठमाडाैं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमतिमा पुगेको छ । वार्ता निष्कर्षमा पुगेको र सहमतिमा हस्ताक्षरको तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सहमतिमा हस्ताक्षर भएपछि २७ दिनदेखि अनसनमा बस्नुभएका डा. केसीले अनसन तोड्नुहुनेछ । प्रधानमन्त्री कार्यालयमा भएको वार्ता निष्कर्षमा पुगेपछि हस्ताक्षरको लागि दुवै तर्फका वार्ता टोली अहिले बालुवाटार जाँदैनछन् । त्यहाँबाट शिक्षण अस्पताल गएर डा. केसीको अनसन तोडाउने तयारी छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया