सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, बचत फिर्ताका ला...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – वैदेशिक रोजगारीका लागि यूएई पठाइदिन्छु भन्दै ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ, ढोरपाटन नगरपालिका ४ घर भई काठमाण्डौ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
१० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट १० लाख ५३ हजार रुपैयाँ पैसा लिई शिवकुमार फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाण्डौको गँगबुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
शिवकुमारलाई आवश्यक कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा बुझाइएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।