प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाडौं – प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज निर्णय गर्दैछ । संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्ने निर्णय भने आज मात्र गर्न लागेको हो ।
हिजोको बैठकमा जोशीलाई सांसदले झण्डै २ घण्टा विभिन्न प्रश्न सोधेका थिए । उहाँले आफ्ना प्रश्नहरुको अति संक्षिप्त मात्र जवाफ दिएको र केही प्रश्नको उत्तर तोडमोड गर्ने प्रयास गरेको भन्दै सबै सांसदले चित्त नबुझाएपछि समितिले आज मात्र निर्णय गर्न लागेको हो । समितिले अाज दिउँसाे १ बजे बैठक बसेर निर्णय गर्नेछ ।
जोशीको नाम अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ । नाम अनुमोदन भए नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ । १५ सदस्यीय समितीमा नेकपाका ९ र संघीय समाजबादी फोरमका एक गरी सत्तारुढ दलका १० जना सांसद छ भने कांग्रेसका ४ र राजपाका एकजना सांसद छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।