प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

 साउन ११, २०७५ शुक्रबार १७:४३:४९ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरुको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३-०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु,सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ ।

याे आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयकहरु, २१ नियमावलीहरु, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको बताउनुभएको छ ।  कार्यविधि अनुसार  संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त,नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया