सुनको भाउ आज घटबढ भएन, चाँदी तोलामा ५ रुपैयाँले घट्यो
माघ २०, २०८१ आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताउनुभएको छ ।
तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलाभन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘माइतीघरमा दुई सयजना जति मान्छे अट्लान्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।’
माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहीँबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।’
लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।